प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच भेट

हिमाल प्रेस ५ वैशाख २०८० १८:१४ | Tuesday, April 18, 2023
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच भेट

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघकी उपमहासचिव अर्मिदा सलसिह अलिसझावनाबीच भेटवार्ता भएको छ।

एसिया तथा प्यासिफिक आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) कार्यकारी सचिव समेत रहेकी अलिसझावनासँग मंगलबार भेटवार्ता गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपाल र एस्क्यापबीच साझेदारीका विभिन्न विषयमा छलफल भएको थियो। अतिकम विकसित राष्ट्रको सूचीबाट नेपाल सन् २०२६ मा विकासिल राष्ट्रको सूचीमा स्तरोन्नति हुने प्रक्रियामा रहेको सन्दर्भमा पनि छलफल गरिएको सचिवालयले बताएको छ। रासस

प्रकाशित: ५ वैशाख २०८० १८:१४ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast