प्रजातन्त्रवादी प्राध्यापक संघको पाँचौँ राष्ट्रिय महाधिवेशन जेठ १९ र २० गते

हिमाल प्रेस १४ वैशाख २०८० ७:२६ | Thursday, April 27, 2023
2
SHARE
प्रजातन्त्रवादी प्राध्यापक संघको पाँचौँ राष्ट्रिय महाधिवेशन जेठ १९ र २० गते

काठमाडौँ– प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन जेठ १९ र २० गते काठमाडौँमा आयोजना हुने भएको छ। संघको बुधबार बसेको केन्द्रीय समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको संघका सचिव डा. विष्णुप्रसाद पोखरेलले जानकारी दिए।

बैठकले आगामी २०८०/८१ को बजेटमा नेपाल सरकारले उच्चशिक्षामा बजेट वृद्धि गरी विश्वविद्यालयहरूलाई सेन्टर फर एक्सिलेन्सीका रूपमा विकास गर्न र सामुदायिक क्याम्पसलाई दिगो रूपमा सञ्चालन गर्न अनुदान बढाई प्रत्येक क्याम्पसमा कम्तीमा दुईवटा शिक्षक दरबन्दीको व्यवस्था गर्न सरकारसमक्ष माग गर्ने निर्णय गरेको छ।

संघका अध्यक्ष जगत तिमिल्सिनाले पाँचौँ राष्ट्रिय महाधिवेशनलाई सहमतिको महाधिवेशनका रूपमा आयोजना गर्ने निर्णय भएको बताए। उनले भने, ‘हामीले पाँचौँ राष्ट्रिय महाधिवेशनलाई सहमतिको महाधिवेशनका रूपमा सम्पन्न गर्ने निर्णय गरेका छौँ। त्यसका लागि अधिकतम लचकताका साथ सबै साथीहरूलाई समेटेर महाधिवेशनको तयारीमा जुटिसकेका छौँ।’

यसअघि संघको सदस्यता लगायतका विषयमा विवाद थियो। विवाद समाधान गर्न उच्चस्तरीय समाधान समितिले महाधिवेशन गर्न सहजीकरण गर्ने प्रतिबद्धतासहितको सुझाव दिएकाले सोहीअनुसार महाधिवेशन मिति तोकिएको संघले जनाएको छ। काठमाडौँको प्रज्ञा भवनमा आयोजना हुने महाधिवेशनमा प्रप्रा संघका पूर्व नेतृत्वलाई सम्मान गरिनेछ।

प्रकाशित: १४ वैशाख २०८० ७:२६ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast