प्रचण्डको दाबी : राष्ट्रपतिले नेपालमै उपचार गर्छु भन्नुहुन्थ्यो मैले नै भारत पठाएँ

हिमाल प्रेस ६ वैशाख २०८० १७:२८ | Wednesday, April 19, 2023
प्रचण्डको दाबी : राष्ट्रपतिले नेपालमै उपचार गर्छु भन्नुहुन्थ्यो मैले नै भारत पठाएँ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो स्वास्थ्य उपचार नेपालमै गर्ने बताए पनि आफूले नै भारत जान सल्लाह दिएको दाबी गरेका छन्। आज बिहीबार तनहुँ-१ को चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पौडेललाई आज उपचारका लागि भारत लगिएको छ।

‘उहाँ अस्वस्थ हुनुभयो तर, गम्भीर होइन। हिजो मैले उहाँसँग कुरा गरेँ। मैले भारत जान सल्लाह दिएँ। उहाँले नेपालमा उपचार गर्न चाहनुभएको थियो,’ उनले भने, ‘तर, मैले डाक्टरले जे भन्छन् त्यही गर्नु भनेको थिएँ त्यसपछि उहाँले मान्नुभयो।’

आज तनहुँमा कांग्रेसका गोविन्द भट्टराईलाई भोट माग्न प्रचण्डसहित गठबन्धन दलका शीर्ष नेता पुगेका छन्।

प्रकाशित: ६ वैशाख २०८० १७:२८ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast