पहाडी भूभागमा पानी पर्ने सम्भावना

हिमाल प्रेस १४ वैशाख २०८० ६:४८ | Thursday, April 27, 2023
पहाडी भूभागमा पानी पर्ने सम्भावना

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ।

राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
शुक्रबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: १४ वैशाख २०८० ६:४८ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast