पब्जी र वर्ल्डलिंकबीच सम्झौता

हिमाल प्रेस १७ वैशाख २०८० २१:२१ | Sunday, April 30, 2023
पब्जी र वर्ल्डलिंकबीच सम्झौता

काठमाडौँ- इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक र चर्चित मोबाइल गेम पब्जीबीच सम्झौता गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमबीच दुई पक्षीय सम्झौता गरिएको हो।

नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू प्रदान गर्न सम्झौता गरिएको वर्ल्डलिंक कम्पनीले जानकारी दिएको छ।

सम्झौताबाट नेपालको गेमिङ समुदायले थप रोमाञ्चक अनुभव लिनसक्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ।

नेपालमा मोबाइल गेमिङको आकर्षण बढ्दै गएको र पब्जीका मात्रै नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमर रहेका दाबी गरिएको छ। वर्ल्डलिंकका सीईओ केशव नेपालले गेमिङ क्षेत्रलाई राम्रो बनाउन सम्झौता गरिएको बताए।

‘मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा गेमिङ समुदायको आवश्यकता सम्बोधन गर्न र उनीहरूको गेमिङको जोस थप सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ,’ उनले भने।

प्रकाशित: १७ वैशाख २०८० २१:२१ | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast