प्रहरी प्रधान कार्यालय
काठमाडौँ- नेपाल प्रहरीको डीआईजी बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ। एसएसपी अनुराग द्विवेदी र चक्रबहादुर सिंहले बढुवा सिफारिसमा आफ्नो नाम छुटाइएको भन्दै लोक सेवा आयोगको उजुरी सुनुवाइ समितिमा निवेदन दिएका हुन्।
गत चैत २९ गते नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवाका लागि बढुवा समितिले सरकारलाई सिफारिस गरेको थियो।
नेपाल प्रहरीका १३ एसएसपी डीआईजीका लागि सिफारिस, पहिलो नम्बरमा कुवेर कडायत
प्रकाशित: ५ वैशाख २०८० २०:१३ | Tuesday, April 18, 2023
प्रतिक्रिया




