‘नागरिकता विधेयक संसद्‍मा पेस गर्ने तयारी’

हिमाल प्रेस १३ वैशाख २०८० २०:५३ | Wednesday, April 26, 2023
‘नागरिकता विधेयक संसद्‍मा पेस गर्ने तयारी’

काठमाडौँ- गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता विधेयक छिट्टै संसद्‍मा पेस गरिने बताएका छन्। प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक संविधान र कानुनअनुसार अघि बढाउन नमिल्ने भन्दै मन्त्री श्रेष्ठले छिट्टै संसद्‍मा पेस गर्ने तयारी गरेको बताए।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले सांसदहरूले भनेजस्तो सो विधेयकलाई कानुन, संविधान र नियमावलीअनुसार प्रमाणीकरण गरेर जान उपयुक्त नहुने निष्कर्षमा सरकार पुगेको बताए।

नागरिकता विधेयकमा सरकारले राष्ट्रिय सहमति गर्न चाहेको पनि उनको भनाइ थियो। राष्ट्रिय सहमति भएन भने पनि संसद्‍बाट पारित गराएर संविधानअनुसार नागरिकता पाउनेहरूलाई नागरिकता दिन सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठको भनाइ थियो।

प्रकाशित: १३ वैशाख २०८० २०:५३ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast