 
                             
                                            काठमाडौँ- नयाँ वर्ष २०८० मनाउन १८० चिनियाँ पर्यटक नेपाल आएका छन्। उनीहरू जहाज चार्टर गरेर नेपाल आएका हुन्।
बिहीबार बिहान नेपाल आएका चिनियाँ पर्यटकहरूलाई पर्यटनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।
उनीहरू नेपाल र चीनको झण्डा बोक्दै आएका थिए। उनीहरूलाई पञ्चेबाजाले समेत स्वागत गरिएको थियो।
कोरोना महामारीपछि चिनियाँ पर्यटकको आवमगन कम थियो। अहिले पुनः चिनियाँ पर्यटकहरु आउन थालेका छन्।
चिनियाँ पर्यटकहरूको चार वटा समूह नेपाल आउने बताइएको छ। केही साताअघि मात्रै चीनले नेपाललाई घुम्नैपर्ने देशको सूचीमा राखेको थियो।
                            प्रकाशित: ३० चैत  २०७९ १४:११ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 