‘नबिल लाइफटाइम फ्री क्रेडिट कार्ड’ सार्वजनिक

हिमाल प्रेस १२ वैशाख २०८० १५:२६ | Tuesday, April 25, 2023
‘नबिल लाइफटाइम फ्री क्रेडिट कार्ड’ सार्वजनिक

काठमाडौँ- नबिल बैंकले ‘नबिल लाइफटाइम फ्री क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। बैंकले आफ्ना ग्राहकलाई लक्षित गर्दै नेपालमा पहिलो पटक लाइफटाइम फ्री क्रेडिट कार्ड ल्याएको हो।

क्रेडिट कार्ड लिन कुनै पनि शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ। ‘क्रेडिट कार्डका ग्राहकलाई अरू कार्डमाजस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू लाग्ने छैन,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्नलगायतका सुविधा पाउने बैंकले बताएको छ। लाइफटाइम क्रेडिट कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्ने बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन्।

‘हामी हाम्रो लाइफटाइम फ्री क्रेडिट कार्ड सुरु गर्न पाउँदा उत्साहित छौँ,’ उनले भनिन्, ‘यो कार्डले ग्राहकहरूलाई पहिलेभन्दा सजिलो र सस्तो सुविधा प्रदान गर्नेमा हामी विश्वस्त छौँ।’

नबिल बैंकमा खाता भएका ग्राहकले उक्त कार्डका लागि आवेदन दिन सक्ने बैंकको भनाइ छ। बैंकको वेबसाइट तथा सबै शाखामार्फत कार्डका लागि आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ।

प्रकाशित: १२ वैशाख २०८० १५:२६ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast