नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता

हिमाल प्रेस ७ वैशाख २०८० २१:१० | Thursday, April 20, 2023
नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता

काठमाडौँ- नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता गरिएको छ। वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानवसंशाधनको विकासमा सहकार्य गर्न बैंक र विश्वविद्यालयबीच सम्झौता गरिएको हो।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र विश्वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले हस्ताक्षर गरेका छन्। सम्झौताअन्तर्गत बैंकले विश्वविद्यालय परिसरमा शाखा स्थापना गरी शिक्षक तथा कर्मचारीहरूलाई बैंकिङ सेवा उपलब्ध गराउने छ।

विश्वविद्यालयले मानवसंशाधनको विकासका लागि तालिम विकासमा सहयोग गर्ने सम्झौतामा उल्लेख गरिएको छ।

प्रकाशित: ७ वैशाख २०८० २१:१० | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast