दराजबाट सामान किन्दा ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

हिमाल प्रेस २८ चैत २०७९ १८:११ | Tuesday, April 11, 2023
दराजबाट सामान किन्दा ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

काठमाडौँ- अनलाइन सपिङ प्लेटर्फम दराजबाट सामान खरिद गर्दा ग्लोबल आइएमई बैंकका ग्राहकले छुट पाउने भएका छन्। बैंकले नयाँवर्ष २०८० को अवसरमा आफ्ना ग्राहकलाई १० प्रतिशतसम्म छुट दिने योजना ल्याएको हो।

ग्राहकले बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा छुट पाउनेछन्। छुट १० प्रतिशत वा १ हजार रुपैयाँसम्म हुने बैंकले जानकारी दिएको छ।

छुट पाउन प्रयोगकर्ताले दराज एपबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ। एक जनाले एक चोटी मात्र छुट पाउने बैंकको भनाइ छ। योजना मंगलबारदेखि सुरु भइसकेको र वैशाख १ गतेसम्म चल्ने बैंकको भनाइ छ।

प्रकाशित: २८ चैत २०७९ १८:११ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast