 
                             
                                            काठमाडौँ- तनहुँ १ को उपनिर्वाचनअन्तर्गत जारी मतगणनामा रास्वपाका स्वर्णिम वाग्लेले अग्रता झनै बढाएका छन्। अहिलेसम्म १६ हजार ३ सय ४२ मत गणना सकिँदा वाग्लेले ९ हजार २ सय २ मत ल्याएका छन्।
उनलाई पछ्याइरहेका कांग्रेसका गोविन्द भट्टराईले ४ हजार २ सय १३ मत ल्याएका छन् भने एमालेका सर्वेन्द्र खनालले २ हजार २ सय ४ सय ३० मत मात्रै ल्याएका छन्।
गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएको गणनामा वाग्लेले अग्रता बढाइरहेका छन्।
तनहुँ १ अन्तर्गत ४२ वडामा ६३ हजार ७ सय ५७ मत खसेको थियो। जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना जारी छ।
                            प्रकाशित: ११ वैशाख  २०८० ९:३८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 