 फाइल तस्बिर
                            फाइल तस्बिर
                                            काठमाडौँ– नेकपा एमालेले तनहुँ १ र चितवन २ मा उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
एमाले चितवन जिल्ला कमिटी अध्यक्ष न्यौपानेको एकल नाम सिफारिस भएपछि उनलाई बैठकले उम्मेदवार बनाउने निर्णय गरेको हो। तनहुँ १ का उम्मेदवार खनालको नाम शनिबार बिहान जिल्ला नेताहरूले केन्द्रमा पठाएका थिए।
अनेरास्ववियुबाट राजनीति सुरु गरेका न्यौपाने जिल्लामा चिनिएका नेतामा पर्छन्। यस्तै नेपाल प्रहरीका पूर्वआइजीपी खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा हुन्।
उपनिर्वाचन हुने बारा २ मा भने एमालेले आइतबार मात्र उम्मेदवार टुंगो लगाउने भएको छ।
                            प्रकाशित: १८ चैत  २०७९ १६:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 