‘जारी’को ‘रीत’ कस्तो छ? (भिडियोसहित)

हिमाल प्रेस ४ वैशाख २०८० १७:१९ | Monday, April 17, 2023
‘जारी’को ‘रीत’ कस्तो छ? (भिडियोसहित)

काठमाडौँ- नयाँ वर्षको अवसरमा वैशाख १ गतेदेखि प्रदर्शनरत फिल्म ‘जारी’को ‘रीत’ बोलको गीत सार्वजनिक गरिएको छ। गीत आज (सोमबार) बासुरी फिल्म्स् नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

हर्क साउदको शब्द रहेको गीतमा मनोज थापा मगर र सुनिता थेगिमको स्वर छ। गीतमा मनोज थापा मगरले संगीत भरेका छन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन्।

उपेन्द्र सुब्बाको पहिलो निर्देशन रहेको लिम्बू समुदायको जारी प्रथामा आधारित फिल्मले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्ममा दयाहाङ, मिरुनासहित विजय बराल, कमलमणि नेपाल, प्रेम सुब्बा, रोयदीप श्रेष्ठ, रेखा लिम्बुलगायत थुप्रै कलाकारको अभिनय छ।

https://www.youtube.com/watch?v=co6GYFShMyI

प्रकाशित: ४ वैशाख २०८० १७:१९ | Monday, April 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast