जापानद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

हिमाल प्रेस ३० चैत २०७९ ११:५९ | Thursday, April 13, 2023
जापानद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ- जापान सरकारले भक्तपुरको सूर्यविनायक नगरपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

जीजीपी परियोजना अन्तर्गत जापानले छातीको क्यान्सर जाँच गर्ने मेसिन, थाइराइड जाँच गर्ने मेसिनलगायत गरेर करिब ८९ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

राजदूत युताकाले गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहका लागि उक्त सामग्रीले सघाउने विश्वास गरे।
परियोजनामा संलग्न सबैलाई धन्यवाद दिँदै राजदूत युताकाले भने, ‘यो सहयोगले स्थानीयबासीको स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने र गुणस्तरिय सेवा पाउने हाम्रो विश्वास छ।’

प्रकाशित: ३० चैत २०७९ ११:५९ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast