जलवायु परिवर्तन सचेतनासहित नबिल क्यालेन्डर सार्वजनिक

हिमाल प्रेस २९ चैत २०७९ १२:४८ | Wednesday, April 12, 2023
जलवायु परिवर्तन सचेतनासहित नबिल क्यालेन्डर सार्वजनिक

काठमाडौँ- ‘जलवायु परिवर्तनसम्बन्धी सचेतना तथा पर्यावरण प्रवर्द्धनप्रति दायित्वबोध’ मुख्य नाराका साथ नबिल बैंकले २०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाका साथ वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायव प्रमुख कार्यकारी अधिकृतद्वय विनयकुमार रेग्मी र भुपेन्द्र पाण्डेले भित्ते पात्रो र टेबल क्यालेन्डर सार्वजनिक गरेका हुन्।

नबिल क्यालेन्डरमा नेपाली १२ महिनाको मौसम तथा प्राकृतिक सौन्दर्यलाई दर्साउने फोटोहरू राखिएको छ। त्यसका साथै वातावरण संरक्षणका लागि आह्वान पनि गरिएको छ।

ढकमक्क फुलेका लालीगुराँसका दृश्य, स्वतन्त्र उड्ने चराचुरुंगीदेखि हिमाल, लोपोन्मुख हिम चितुवाका फोटो पनि क्यालेन्डरमा प्रयोग गरिएको छ। बैंकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) सँग तस्बिरहरूको लागि सहकार्य गरेको थियो।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले जलवायु परिवर्तनलाई सबै क्षेत्रले गम्भीर रूपमा लिएर वातावरण संरक्षणमा योगदान दिनुपर्ने बताए। उनले भने, ‘जलवायु क्षेत्रमा उपयुक्त लगानी गरी विश्वलाई सबैको लागि बाँच्न योग्य बनाउनु नै अहिलेको प्रमुख आवश्यकता हो।’

नबिल बैंकको यस कदमले जलवायु परिवर्तनसम्बन्धी सचेतना फैलाउन र जीवनशैलीमा ससाना परिवर्तन गर्न अभिप्रेरित गर्ने प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बताए।

प्रकाशित: २९ चैत २०७९ १२:४८ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast