चीनकाे एक कारखानामा आगलागी हुँदा ११ जनाको मृत्यु

हिमाल प्रेस ५ वैशाख २०८० २१:२६ | Tuesday, April 18, 2023
चीनकाे एक कारखानामा आगलागी हुँदा ११ जनाको मृत्यु

बेइजिङ- पूर्वी चीनको झेजियाङ प्रान्तको जिन्हुआ शहरमा रहेको एउटा कारखाना भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ। सोमबार दिउँसो भएको आगलागीमा ११ जनाको मृत्यु भएको मंगलबार पुष्टि भएको हो।

सरकारी समाचार एजेन्सी (सिन्ह्वा)का अनुसार वुई काउन्टीको औद्योगिक क्षेत्रमा रहेको भवनको तेस्रो तल्लामा सोमबार दिउँसो करिब २ बजे आगलागी भएको थियो।

आगलागीमा फसेका मानिसहरूको मृत्यु भएको हुन सक्ने सिन्ह्वाले उल्लेख गरेको छ। सोमबारदेखिको खोजी र उद्धारपछि मंगलबार मात्रै मृतकबारे पुष्टि भएको बताइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। रासस/सिन्ह्वा

प्रकाशित: ५ वैशाख २०८० २१:२६ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast