ग्लोबल स्मार्ट प्लसबाट मौलाकालीका केबलकारको टिकट किन्दा १० प्रतिशत छुट

हिमाल प्रेस १४ वैशाख २०८० १७:१६ | Thursday, April 27, 2023
ग्लोबल स्मार्ट प्लसबाट मौलाकालीका केबलकारको टिकट किन्दा १० प्रतिशत छुट

काठमाडौँ- ग्लोबल आइएमई बैंकको मोबाइल एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’मार्फत मौलाकालीका केबलकारको टिकट खरिदमा छुट दिने भएको छ। नवलपुरको गैँडाकोटमा रहेको मौलाकालीका केबलकारको टिकट खरिदमा १० प्रतिशत छुट दिने बैंकले जानकारी दिएको छ।

मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा छुट पाइने बैंकको भनाइ छ। बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिसँगको साझेदारीमा उक्त व्यवस्था गरेको हो। केबलकारको टिकट खरिदमा १० प्रतिशत छुट वा १ सय रुपैयाँसम्म छुट पाइने बैंकले बताएको छ।

प्रकाशित: १४ वैशाख २०८० १७:१६ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast