ग्लोबल आइएमई बैंकको ‘सोचेजस्तै बैंक खाता’ सञ्चालनमा

हिमाल प्रेस ३ वैशाख २०८० १६:४५ | Sunday, April 16, 2023
ग्लोबल आइएमई बैंकको ‘सोचेजस्तै बैंक खाता’ सञ्चालनमा

काठमाडौँ- ग्लोबल आइएमई बैंकले ‘सोचेजस्तै बैंक खाता’ योजना सञ्चालनमा ल्याएको छ। बैंकले एउटै खातामा बचत र मुद्दती खाताको प्रतिफल पाइने सोचेजस्तै बैंक खाता सञ्चालनमा ल्याएको हो। बैंकले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले उक्त खाता सञ्चालनमा ल्याइएको जानकारी दिएको छ।

उक्त खातामा ग्राहकको इच्छाअनुसार तोकिएको न्यूनतम् रकम बचत खातामा रही सोभन्दा माथिको रकम लाखको गुणनमा मुद्दतीमा स्वतः परिणत हुन सक्ने बैंकले बताएको छ।

सोचेजस्तै बैंक खाता खोल्ने ग्राहकले तीन वर्षसम्मका लागि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र भिजा डेबिट कार्डको सुविधा निःशुल्क पाउने बैंकको भनाइ छ। साथै, लकर सुविधा लिँदा पहिलो एक वर्षका लागि ५० प्रतिशत छुट पाउने पनि बैंकले बताएको छ।

प्रकाशित: ३ वैशाख २०८० १६:४५ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast