गण्डकीमा मन्त्रालय संख्या र चालु खर्च घटाउन सफल भएको मुख्यमन्त्री अधिकारीको दाबी

हिमाल प्रेस ८ वैशाख २०८० १६:३५ | Friday, April 21, 2023
गण्डकीमा मन्त्रालय संख्या र चालु खर्च घटाउन सफल भएको मुख्यमन्त्री अधिकारीको दाबी

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको सरकारले झण्डै तीन महिनाको यस समयमा निक्कै महत्त्वपूर्ण काम गरेको दाबी गरेका छन्। शुक्रबार सरकारका तर्फबाट एक विज्ञप्ति जारी गर्दै उनले सरकारले उक्त अवधिमा जनतालाई प्रत्यक्ष सेवा दिन निक्कै महत्त्वपूर्ण काम गरेको उनले जनाएका छन्।

उनले विगतको अनुभवलाई हेरेर काम गरेकाले जनताको भावनालाई सम्बोधन गर्दै गण्डकी प्रदेशमा रहेका १२ वटा मन्त्रालयलाई ७ मा झारिएको विज्ञप्तिमा उल्लेख गरेका छन्। नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको उनले बताएका छन्।

कर्मचारी व्यवस्थापनमा पनि सरकारले उल्लेख्य काम गरेको मुख्यमन्त्री अधिकारीले जनाएका छन्। सार्वजनिक खर्चलाई मितव्ययी बनाउन चालु खर्च कटौती गर्न र पुँजीगत खर्च बढाउने कार्यलाई पनि आफू नेतृत्वको सरकारले महत्त्वका साथ काम गरेको विज्ञप्तिमा उल्लेख छ।

अधिकारी पुस २५ ०७९ मा गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रकाशित: ८ वैशाख २०८० १६:३५ | Friday, April 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast