गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त

हिमाल प्रेस १४ वैशाख २०८० १६:१७ | Thursday, April 27, 2023
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त

पोखरा– गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई नेपालको संविधानको धारा १६८(२) बमोजिम प्रदेशको चौंथो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका हुन्।

प्रदेश प्रमुखले बिहीबार दिउँसो ४ बजेसम्मका लागि सरकार गठनको आह्वान गरेकोमा नेता पाण्डेले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदको समर्थन जुटाएर बिहीबार नै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनलाई कांग्रेसका २७, माओवादीका ८ र समाजवादीका १ सांसदको समर्थन छ। खगराज अधिकारी नेतृत्वको एमाले सरकार गत ९ वैशाखमा ढलेको थियो।

प्रकाशित: १४ वैशाख २०८० १६:१७ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast