‘गणपति’को संवादसहितको गीत ‘ए मेरी आमा’ सार्वजनिक

हिमाल प्रेस ७ वैशाख २०८० १२:४९ | Thursday, April 20, 2023
‘गणपति’को संवादसहितको गीत ‘ए मेरी आमा’ सार्वजनिक

काठमाडौँ- मातातीर्थ औँसीको अवसरमा फिल्म ‘गणपति’को नयाँ गीत ‘ए मेरी आमा’ सार्वजनिक भएको छ। संवादसहितको गीतमा अभिनेता मुकुन भुसाललगायत कलाकारको अभिनय छ। गीतमा आमा र सन्तानबीचको प्रेम देखाइएको छ। प्रवीण भेडवालको स्वर रहेको गीतमा सबिन अधिकारीको शब्द रचना तथा संगीत रहेको छ। अधिकार फिल्मका निर्देशक पनि हुन्।

फिल्ममा मुकुनबाहेक मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, स्व. जयनन्द लामा, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेललगायत कलाकारको अभिनय छ। फिल्म आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउनेछ।

प्रकाशित: ७ वैशाख २०८० १२:४९ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast