कोरोनाका कारण थप एक जनाको मृत्यु

हिमाल प्रेस १३ वैशाख २०८० १७:१७ | Wednesday, April 26, 2023
कोरोनाका कारण थप एक जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८२ जना कोरोना संक्रमित थपिएका छन्। एकहजार ६३४ वटा नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार २८ पुगेको छ। आज ६५ जना संक्रमणमुक्त भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ।

आजसम्म २९ जना अस्पतालमा भर्ना भएका छन्। तीमध्ये पाँचजना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत छन्।

प्रकाशित: १३ वैशाख २०८० १७:१७ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast