कुरिलो खेतीबाट मनग्य आम्दानी

हिमाल प्रेस २ वैशाख २०८० ९:१९ | Saturday, April 15, 2023
कुरिलो खेतीबाट मनग्य आम्दानी

नवलपरासी- नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करिब डेढ बिघा जमिनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आएका छन्।

चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आएका मोक्तानले दुई वर्षदेखि कुरिलो खेती गर्न थालेका हुन्। अन्य खेतीमा भन्दा भौगोलिक वातावरण तथा माटोको हिसाबले पनि कुरिलो खेती उपयुक्त हुने देखेपछि यसतर्फ आकर्षित भएको मोक्तानले बताए।

पछिल्लो समयमा नवलपुरलाई कुरिलो खेतीको केन्द्र बनाउने सोचसहित आफू त्यसतर्फ लागि परेको उनले बताए। ‘कुरिलोको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा यसको माग काठमाडौँ लगायत सहरी क्षेत्रमा बढी रहेको छ’, उनले भने।

उनले आफूले जस्तै अरूलाई पनि खेती गर्न आग्रह गर्ने गरेका छन्। यस फार्मबाट नौ जनाले रोजगारी पाएका छन्। कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीबाट थोरै नाफा लिँदै यसको बजारीकरणमा लागेको मोक्तानले बताए।

भिन्न सोचका साथ यसको आयुर्वेदिक फाइदा र महत्व बुझाउँदै स्थानीय क्षेत्रमा नै बजारीकरण गर्दै अहिले अन्य मानिसलाई रोजगारी समेत दिन सफल भएको उनले बताए।

सुरुमा थोरै जमिनमा कुरिलो रोप्नु भएका मोक्तानले अब क्षेत्र विस्तार गर्न लागेको बताए। ‘बिरुवा रोपेको चार पाँच महिनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हुँदा यसबाट राम्रो आम्दानी हुन्छ’, उनले भने।

उनले भने, ‘अहिले बारीबाट नै प्रतिकिलो चार सयका दरले बिक्री गर्दै आएको छु।’ कुरिलो तरकारीको रूपमा प्रयोग गरिन्छ। यसको स्वाद अन्य तरकारीको भन्दा मिठोसँगै फाइदा पनि उत्तिकै छ। कुरिलो खादा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा यसको माग बढ्दै गएको छ।

प्रकाशित: २ वैशाख २०८० ९:१९ | Saturday, April 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast