काठमाडौँ महानगरपालिकाद्वारा अनलाइन नक्सापास प्रणाली सुरु

हिमाल प्रेस १ वैशाख २०८० १६:२९ | Friday, April 14, 2023
काठमाडौँ महानगरपालिकाद्वारा अनलाइन नक्सापास प्रणाली सुरु काठमाडौँ महानगर

काठमाडौँ– नयाँ वर्ष २०८० सालको पहिलो दिन काठमाडौं महानगरपालिकाले पूर्ण रुपमा अनलाइन नक्सापास प्रणालीको सुरुआत गरेको छ। शुक्रबार काठमाडौ महानगरपालिका मेयर बालेन साहले उक्त प्रणालीको सुरुआत गरेको जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्, ‘काठमाडौं महानगरपालिकामा आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुआत गरेका छौं। यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेस गर्न सकिने छ।

त्यस्तै, सँधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिने महानगर प्रमुख साहले उल्लेख गरेका छन्। उक्त प्रणालीबाट पहिले २–३ महिना लाग्ने प्रक्रियालाई बढीमा २५ दिनमा छोट्याउने दाबी गरेका छन्।

यसका लागि सर्भरको स्तरोन्नतिसहित सफ्टवेयरका धेरै सुविधाहरू सुधार गरिएको दाबी गर्दै यो प्रणालीसँगै विचौलिया प्रवृत्ति, वारेसनामा पद्धति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुने जनाएको छ।

प्रकाशित: १ वैशाख २०८० १६:२९ | Friday, April 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast