ओलीमाथि आक्रमणको प्रयासबारे गृहमन्त्रीले भने : पहिचानवादीले हुलदंगा गरेका हुन्

हिमाल प्रेस १३ वैशाख २०८० १६:३८ | Wednesday, April 26, 2023
ओलीमाथि आक्रमणको प्रयासबारे गृहमन्त्रीले भने : पहिचानवादीले हुलदंगा गरेका हुन् फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा आक्रमणको प्रयास भएको बारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा बैठकमा जानकारी गराएका छन्। एमालेका प्रमुख सचेतक पदम गिरीले यसबारे प्रश्न गरेपछि श्रेष्ठले जवाफ दिएका हुन्।

श्रेष्ठले केपी शर्मा ओली झापाको बुधबारेमा हुन लागेको कार्यक्रममा जाने क्रममा कोशी प्रदेश नामाकरणको विरोधमा रहेका समूहले ढुङ्गामुडा गर्न खोजेको र उक्त घटना दुखद् भएको बताए।

‘शान्तिपूर्ण रुपमा आफ्नो विचार राख्न र जनमत निर्माण गर्ने कामलाई सरकार सम्मान गर्ने तर गैरसंवैधानिक गतिविधि गर्ने, शान्तिपूर्ण गतिविधिका सट्टा अराजक गतिविधि गर्ने, कुनै पनि नेता, कार्यकर्ता वा नागरिकको शान्तिपूर्ण आवतजावत भेला कार्यक्रमलाई अवरोध उत्पन्न गर्ने कुरालाई छुट दिन सकिँदैन,’ उनले भने, ‘बलिदानी संघर्ष गरेर प्राप्त गरेको यो संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसलाई संस्थागत गरेको नयाँ संविधानको रक्षा गर्न, त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न र त्यसले प्राप्त गरेको लोकतान्त्रिक अधिकारलाई स्थापित गर्न र अभ्यासमा जान दिन सरकार प्रतिबद्ध छ।’

झापामा ओलीमाथि ढुंगामुढा, प्रतिनिधिसभामा आपत्ति

 

प्रकाशित: १३ वैशाख २०८० १६:३८ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast