एन आई सी एशिया बैंककाे तेस्राे त्रैमासकाे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

हिमाल प्रेस ७ वैशाख २०८० १४:०४ | Thursday, April 20, 2023
एन आई सी एशिया बैंककाे तेस्राे त्रैमासकाे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

काठमाडौँ- एन आई सी एशिया बैंकले चालु आर्थिक वर्ष २०७९/८०को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले बिहीबार तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै वित्तीय सूचक उत्साहजनक रहेको दाबी गरेको छ।

तेस्रो त्रैमासमा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २ खर्ब ७७ अर्ब ७ करोड पुगेको बैंकको विवरणमा उल्लेख छ। त्यस्तै निक्षेपतर्फ कुल निक्षेप संकलन ३ खर्ब १६ अर्ब ५५ करोडरुपैयाँ पुगेको छ।

बैंकले यस त्रैमाससम्ममा खुद मुनाफातर्फ ४ खर्ब १ अर्ब आर्जन गरेको छ। उक्त मुनाफा वार्षिक विन्दुगत आधारमा ११ प्रतिशतले बढेको बैंकको भनाइ छ।
त्यस्तै बैंकको स्वपुँजीमा प्रतिफल २०.१७ प्रतिशत रहेको छ। साथै बैंकले वार्षिक प्रतिसेयर आम्दानी ४६.७६ रुपैयाँ आर्जन गरेको बताएको छ। स्वपुँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २१ वटै वाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ।

बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जा अनुपातलाई तेस्रो त्रैमाससम्ममा ०.८५ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको बैंकको भनाइ छ।

तेस्रो त्रैमाससम्म बैंकले ४ लाख ८० हजारभन्दा बढी नयाँ ग्राहक थप गरिएका छन्। हाल बैंकका ग्राहक ३७ लाखभन्दा बढी पुगेका छन्। त्यस्तै बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८७ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ।

प्रकाशित: ७ वैशाख २०८० १४:०४ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast