काठमाडौँ- एनएमबि बैंक लिमिटेडले ‘नयाँ वर्ष, नयाँ धमाका’ नारासहित ‘एनएमबि सजिलो क्यूआर कर्जा’को सुरुवात गरेको छ।
बैंकले क्यूआर प्रणालीमा आबद्ध साना, मझौला तथा घरेलु उद्यमीको लागि यो कर्जा लक्षित रहेको बैंकले जनाएको छ। यसबाट ग्राहकले २ लाखसम्म कर्जा पाउनेछन्।
यो कर्जा बैंकको देशभर रहेका २०१ शाखाबाटै प्रवाह हुने बैंकले जनाएको छ।
प्रकाशित: ३ वैशाख २०८० १४:०० | Sunday, April 16, 2023
प्रतिक्रिया



