एनआईसी एशिया लघुवित्तले १४.७५ प्रतिशत लाभांश वितरण गर्ने

हिमाल प्रेस ११ वैशाख २०८० १२:३२ | Monday, April 24, 2023
एनआईसी एशिया लघुवित्तले १४.७५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ- एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

आइतबार सम्पन्न संस्थाको पाँचौँ वार्षिक साधारण सभाले चुक्ता पुँजीको १४.७५ प्रतिशतका दरले २५ करोड ६५ लाख ६७ हजार रुपैयाँ नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको हो। एनआईसी लघुवित्तले ७४ जिल्लाका २८७ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

संस्थाले लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानीय तहलाई प्राथमिकतामा राखेको जनाएको छ। आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिकसम्म संस्थाले कुल २ लाख ३ हजार ८६२ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ।

प्रकाशित: ११ वैशाख २०८० १२:३२ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast