उपनिर्वाचनले त्रिविको परीक्षा सारियो

हिमाल प्रेस ७ वैशाख २०८० २१:३० | Thursday, April 20, 2023
उपनिर्वाचनले त्रिविको परीक्षा सारियो घडी भवन, त्रिवि कीर्तिपुर।

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ। वैशाख १० गते तीन स्थानमा संघीय संसद्को उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

उनले त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बिहीबार बसेको बैठकले परीक्षा सार्ने निर्णय गरेको बताए। उनका अनुसार निर्वाचन आयोग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचनको दिन परीक्षा परेकाले सार्न अनुरोध गरेपछि सारिएको हो।

वैशाख १० गतेको सम्पूर्ण परीक्षा स्थगित गरी वैशाख १६ गतेका दिन सोही समय र स्थानमा सञ्चालन गर्न निर्णय गरिएको उनले बताए। अहिले स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ।

यही वैशाख ४ गतेदेखि परीक्षा सञ्चालन भइरहेको छ। वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ। रासस

प्रकाशित: ७ वैशाख २०८० २१:३० | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast