काठमाडौँ- एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप ईबीएल टच २४ मार्फत स्मार्ट क्यूआरमा भुक्तानी गर्न मिल्ने भएको छ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन्।
यो सेवा सुरुवात भएसँगै एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताले भाटभटेनी सुपरमार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्टलगायत स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध दुई लाखभन्दा बढी मर्चेन्टमा सजिलै भुक्तानी गर्न सक्ने छन्।
प्रकाशित: ४ वैशाख २०८० १३:३९ | Monday, April 17, 2023
प्रतिक्रिया



