आरकेडी होल्डिङ्सले आईपीओ निष्कासन गर्ने

हिमाल प्रेस २९ चैत २०७९ ९:२६ | Wednesday, April 12, 2023
आरकेडी होल्डिङ्सले आईपीओ निष्कासन गर्ने

काठमाडौँ- आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीको छैटौँ साधारणसभाले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने निर्णय गरेको हो।

कम्पनीको पूँजी वृद्धि, स्थानीयवासी तथा सर्वसाधरणलाई लगानीको अवसर दिने उद्देश्यले आईपीओ जारी गर्न साधारणसभाले अनुमति दिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।

स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी १२ प्रतिशत शेयर दिने गरी आईपीओ जारी हुनेछ। यसबाहेक संस्थापक शेयरधनीहरुलाई १० प्रतिशत अग्राधिकार शेयर जारी गर्ने भएको छ।

कम्पनीको अधिकृत पूँजी दुई अर्ब रहेको छ भने जारी पूँजी एक अर्ब ५० करोड रहेको छ। कम्पनीमा संस्थापक शेयर पूँजी ७८ प्रतिशत रहेको छ।

आरकेडी होल्डिङअन्तर्गत बन्दीपुर एन्ड टुरिज्म लिमिटेडले पहाडकी रानी भनेर चिनिने बन्दीपुरमा केबुलकार र पाँचतारे होटल, स्काई वाक, बन्जी, जिपलाइनलगायतका पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ।

प्रकाशित: २९ चैत २०७९ ९:२६ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast