अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा तीन अर्थशास्त्री नियुक्त

हिमाल प्रेस ७ वैशाख २०८० १५:५६ | Thursday, April 20, 2023
अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा तीन अर्थशास्त्री नियुक्त

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले तीनजना अर्थशास्त्रीलाई आर्थिक सल्लाहकारको रूपमा नियुक्त गरेका छन्। अर्थमन्त्रीले डा. विश्व पौडेललाई प्रमुख आर्थिक सल्लाहकार, डा. पोषराज पाण्डे तथा डा. गुणाकर भट्टलाई सल्लाहकारमा नियुक्त गरेका हुन्।

पौडेल र पाण्डे तलब सुविधा नलिने हिसाबले सल्लाहकार नियुक्त भएको अर्थ मन्त्रालयले जनाएको छ। उनीहरू दुवै राज्यमन्त्रीसरहको वरीयतामा रहनेछन्।

पौडेल राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष हुन्। उनले गत मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा चितवनबाट चुनाव लड्न योजना आयोग छोडेका थिए पाण्डे आयोगका पूर्व सदस्य हुन्।

भट्ट भने नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा प्रवक्ताको भूमिका छन्। सल्लाहकासहितको टिमले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सघाउने छ।

प्रकाशित: ७ वैशाख २०८० १५:५६ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast