अर्थतन्त्रका समस्या मिलेर समाधान गरौँ : अर्थमन्त्री महत

हिमाल प्रेस १३ वैशाख २०८० १६:४३ | Wednesday, April 26, 2023
अर्थतन्त्रका समस्या मिलेर समाधान गरौँ : अर्थमन्त्री महत डा. प्रकाशशरण महत। फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या मिलेर समाधान गर्नुपर्ने बताएका छन्। अर्थतन्त्रमा देखिएका समस्या तथा चुनौती सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यक रहेको उनले बताएका हुन्।

बुधबार राष्ट्रियसभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले मिलेर समस्या समाधान गर्नुपर्ने बताए।

अर्थतन्त्रमा कसरी समस्या देखियो र समाधानका उपायहरूको विषयमा अनुसन्धान गरी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

अर्थतन्त्रलाई गति दिन सत्तापक्ष र विपक्ष मिलेर साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्ने मन्त्री महतको भनाइ थियो। अर्थतन्त्र सुधारबारे नेतृत्व तहमा पनि छलफल भइरहेको उनले बताए।

सदनमा सदस्यहरुले भनेको जस्तो अर्थतन्त्र कहाली लाग्दो अवस्थामा नभएको भन्दै सरकारले अर्थतन्त्र सुधारउन्मुख गराउन सक्ने अवस्थामा रहेको बताए।

अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधान गर्ने ठोस प्रतिबद्धता सरकारसँग रहेको बताए। अर्थतन्त्रमा बाह्य दबाब बढ्दै जाँदा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कडाइ गर्दा बैंकको ब्याजदर वृद्धि, मूल्यवृद्धि, आयातमा प्रतिबन्द लगाउँदा अर्थतन्त्रमा समस्या आएको अर्थमन्त्री महतको भनाइ थियो।

प्रकाशित: १३ वैशाख २०८० १६:४३ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast