नेपाली सेनाले मनायो जनसम्पर्क तथा सूचना निर्देशनालय दिवस

हिमाल प्रेस १७ चैत २०७९ २१:५७
4
SHARES
नेपाली सेनाले मनायो जनसम्पर्क तथा सूचना निर्देशनालय दिवस

काठमाडौँ– नेपाली सेनाले जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाएको छ। प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा जंगी अड्‍डामा विविध कार्यक्रमसहित उक्त दिवस मनाएको हो।

समारोहमा नेपाली सेना लघु चलचित्र प्रतियोगिता-२०७९ का उत्कृष्ट पाँच चलचित्र प्रदर्शन तथा पुरस्कार वितरण, सेना दिवस समारोह २०७९ को अवसरमा प्रकाशित सिपाही बार्षिक र सैनिक कमान्ड तथा स्टाफ कलेजद्वारा यस वर्ष प्रकाशित शिवपुरी जर्नलका उत्कृष्ट लेख रचनाका सर्जकहरू एवम् मुल्यांकन समितिका सदस्यहरूलाई प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको सेनाले जनाएको छ।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूका साथै लघु चलचित्र प्रतियोगिता तथा सिपाही र शिवपुरी जर्नलका मूल्यांकन समितिका सदस्यहरू, लघु चलचित्र प्रतियोगीहरू, प्राध्यापक, लेखक, सञ्‍चारकर्मी, कलाकारलगायत उपस्थित थिए।

सोही अवसरमा वर्ल्ड बुक अफ रेकर्ड लन्डनका प्रतिनिधिहरूले फागुन ४ मा नेपाली सेना दिवसको अवसरमा नेपाली सेनाका ५५८ जनाले एकैसाथ मादलबाट विभिन्न धुनहरू प्रस्तुत गरेर कायम गरेको विश्व किर्तिमानको मूल प्रमाण पत्र प्रधान सेनापतिलाई हस्तान्तरण गरे।

यसैगरी प्रधान सेनापतिले उक्त विश्व किर्तिमान कायम गर्ने इभेन्टको जुरी मेम्बरहरूलाई प्रशंसा पत्रका साथै लेखन तथा प्रकाशनको माध्यमले सुरक्षा चेतना बढाउन योगदान गर्ने व्यक्तित्वलाई सेनापति शर्माले प्रशंसा निशान प्रदान गरे।

प्रकाशित: १७ चैत २०७९ २१:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twelve =