माइक्रोले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु 

हिमाल प्रेस १७ चैत २०७९ २०:५४
10
SHARES
माइक्रोले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु 

पोखरा- पोखरामा एकपछि अर्को स्कुटर दुर्घटनामा मानवीय क्षति हुने गरेको छ। पृथ्वीचोक र चिप्लेढुंगामा भएका छुट्टाछुट्टै स्कुटर दुर्घटनामा २ युवतीको मृत्यु भएकोमा शुक्रबार फेरि न्युरोडमा अर्को त्यस्तै प्रकृतिको दुर्घटना भयो।

चिप्लेढुंगाबाट सभागृहचोकतर्फ जाँदै गरेको ग१ज ४५४० नम्बरको माइक्रोबसले सोही दिशातर्फ जाँदै गरेको ग ५ प ९४ नम्बरको स्कुटरलाई शुक्रबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको हो। थकाली पोखरा ८ निवासी हुन्। ठक्करबाट घाइते थकालीलाई मणिपाल शिक्षण अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।

कास्की प्रहरीले माइक्रोबस र चालकलाई नियन्त्रणमा लिएको प्रवक्ता वरिष्ठ प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठकले जनाए।

प्रकाशित: १७ चैत २०७९ २०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =