स्रोत नखुलेको रकमसहित दुई पक्राउ

हिमाल प्रेस १७ चैत २०७९ ९:२९
2
SHARE
स्रोत नखुलेको रकमसहित दुई पक्राउ

धनुषा- धनुषामा स्रोत नखुलेको १४ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन्।

धनुषाको जनकनन्दनी गाउँपालिका–५ बनरझुल्ला अगाडि इलाका प्रहरी कार्यालय खजुरीबाट प्रहरी निरीक्षकको कमाण्ड र प्रहरी चौकी बल्हागोठबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त चेकिङ टोलीले दुवैलाई पक्राउ गरेको हो।

जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको प्रदेश नं. २–०२–००३ प ७०४५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा अवैध रकम फेला परेको हो।

चेकजाँचका क्रममा चालक धनुषाको धनुषाधाम नगरपालिका–२ धनुषाधाम बस्ने ५५ वर्षीय जोगिन्द्र यादवको साथबाट १० लाख र मोटरसाइकल पछाडि बसेका १९ वर्षीय कृष्ण साहको साथबाट नेपाली नगद ४ लाख समेत गरी जम्मा नेपाली रुपैयाँ १४ लाख बरामद गरिएको प्रहरीले जनाएको छ।

नगदसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रकाशित: १७ चैत २०७९ ९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =