धमाधम राजीनामा दिँदै शिक्षक

हिमाल प्रेस १६ चैत २०७९ १३:३३
184
SHARES
धमाधम राजीनामा दिँदै शिक्षक

काठमाडौँ-  ३० वर्षे सेवाअवधि पुगेका सामुदायिक विद्यालयका शिक्षकले धमाधम राजीनामा दिन थालेका छन्। साउनयता अवकाश लिएका २४ सयमध्ये एघार सय शिक्षकले राजीनामा दिएको राष्ट्रिय किताबखाना (शिक्षक) को तथ्या‌ंक छ।

माघ र फागुनमा मात्रै ३०८ जनाले राजीनामा दिएका छन्। जागिर छाडेमा पालिकाले प्रोत्साहन भत्ता दिन थालेपछि उनीहरूले राजीनामा दिएका हुन्।  राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलले स्थानीय तहले  ३० वर्ष सेवा अवधि पुगिसकेका शिक्षकलाई प्रोत्साहन भत्ता दिएसँगै राजीनामा दिने शिक्षकको संख्या बढेको जानकारी दिए। सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि पनि राजीनामा दिने शिक्षकको संख्या बढेको छ।

कतिपय शिक्षकले शिक्षक अस्पताल बनिसकेपछि औषधिउपचारबापतको खर्च नपाइने हो कि भनेर पनि राजीनामा दिएको हुनसक्ने शंका खकुरेलको छ। अहिले शिक्षकले औषधि उपचार खर्च पाउँदै आएका छन्। सरकारले चितवनमा शिक्षक अस्पताल बनाउन प्रक्रिया थालेको छ।

‘पछिल्लो समय विद्यालयले अंग्रेजी माध्यमबाट पठपाठन सुरु गरेका छन्। विद्यालय शिक्षामा प्राविधिको प्रयोग गर्न थालेपछि पुराना शिक्षकले राजीनामा दिएका हुन्। दरबन्दी मिलानका कारण घरपायकबाट अन्यत्र जानुपर्ने अवस्थामा पनि राजीनामा दिएका छन्,’ खकुरेलले भने।

आर्थिक वर्ष २०७८/७९ मा ४ हजार ९ सय ८१ जना शिक्षकले अवकाश लिएका थिए। त्यसमध्ये पेन्सन नभएका र २० वर्ष सेवा अवधि नपुगेका १ हजार ८९८ जनाले राजीनामा दिएका थिए। यसका साथै शिक्षकले बर्सेनि १८ अर्ब भन्दा बढी रकम पेन्सन र औषधि उपचारमा खर्च हुने जनाएको छ।

प्रकाशित: १६ चैत २०७९ १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =