मिटरब्याजपीडितको समर्थनमा मधेश सरकार

हिमाल प्रेस १५ चैत २०७९ १०:०२
2
SHARE
मिटरब्याजपीडितको समर्थनमा मधेश सरकार

काठमाडौँ- मधेश प्रदेश सरकारले मिटरब्याज पीडितको आन्दोलनप्रति आफ्नो ऐक्यबद्धता रहेको बताएको छ।

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितको हरेक पाइलामा समर्थन रहेको बताउँदै यो समस्या समाधानका लागि संयुक्तरूपमा लड्नुपर्ने बताएका छन्।

केन्द्र सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याउने प्रक्रिया सुरु गरेकोमा स्वागतयोग्य कार्य भएको बताएको छ।

‘गरिब झन् गरिब हुने, भएको सम्पत्तिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्तरुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजना विद्, विज्ञहरूलाई आह्वान गर्द्छु,’ उनले विज्ञप्तिमा भनेका छन्।’

प्रकाशित: १५ चैत २०७९ १०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =