मन्त्रिपरिषद् विस्तार हुँदै, कुन दलले कति मन्त्रालय पाउँदैछन्?

हिमाल प्रेस १४ चैत २०७९ ७:१८
22
SHARES
मन्त्रिपरिषद् विस्तार हुँदै, कुन दलले कति मन्त्रालय पाउँदैछन्?

काठमाडौँ- सत्ता गठबन्धनको बैठक आज बस्दैछ। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

यसअघि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। उक्त भेटवार्तामा मंगलबार दिउँसो ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको थियो।

आजको बैठकले मन्त्रालय भागवण्डाको अन्तिम टुंगो लगाउने बताइएको छ। लामो समय मन्त्रालयहरू रिक्त रहँदा जनसरोकारका काममा समेत प्रभाव परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आज भोलि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका छन्।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यमन्त्रीसहित ८, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीलाई एक राज्यमन्त्रीसहित ३/३ मन्त्रालय, जसपालाई दुई मन्त्रालय दिने गरी भागवण्डाको खाका तयार पारेको बताइन्छ।

अन्य साना दललाई एक एक मन्त्रालय दिएर सरकारमा समावेश गर्ने उनको तयारी छ ।

प्रकाशित: १४ चैत २०७९ ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =