मन्त्री नियुक्ति र शपथ मंगलबारमात्रै

हिमाल प्रेस १३ चैत २०७९ १३:४४
122
SHARES
मन्त्री नियुक्ति र शपथ मंगलबारमात्रै

काठमाडौँ- प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिपरिषद्‌ विस्तार गर्ने भएका छन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले मन्त्रिपरिषद्‍‌ विस्तारका लागि सत्तागठबन्धनमा रहेका सबै दलसँग कुरा भइसकेको बताए।

‘कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि प्रधानमन्त्रीले कुरा गरिसक्नु भएको छ,’ गजुरेलले हिमालप्रेससँग भने, ‘सकेसम्म आजै र नभए भोलि चाहिँ जसरी पनि मन्त्रिपरिषद्‌ विस्तार हुन्छ। भोलि नै मन्त्रीहरूको नियुक्ति पनि हुन्छ।’

प्रधानमन्त्रीलाई संसद्‌मा ११ दलका सांसदले विश्वासका मत दिएका थिए। यीमध्ये अधिकांश दल अहिले सरकारमा सहभागी हुने तयारीमा छन्। उनीहरूले मन्त्रालयमा आ-आफ्नो दाबी गरेका छन्।
प्रधानमन्त्री र चार मन्त्री, एक राज्यमन्त्री अहिले माओवादीको भागमा छ।

नेकपा एकीकृत समाजवादी पनि तीन मन्त्रालयको दाबी गरिरहेको छ। जसपालले पनि तीन मन्त्रालयको दाबी गरेको छ।

उता नागरिक उन्मुक्ति पार्टी पनि दुई मन्त्रालय दाबी गरिरहेको छ। लोसपालगायत अन्य दलले पनि सरकारमा सहभागी हुन भाग खोजिरहेका छन्।

आज सोमबार अपराह्न सत्तागठबन्धनको शीर्ष नेताको बैठक बस्दैछ। यो बैठकले मन्त्रिपरिषद्‌ विस्तारबारे अन्तिम निर्णय गर्ने बताइएको छ। मन्त्रिपरिषद्‌ विस्तारबारे आज प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो। दलहरूले मन्त्रीमा क-कसलाई सिफारिस गर्ने भन्ने अझै टुंगो लगाउन सकेका छैनन्।

प्रकाशित: १३ चैत २०७९ १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + three =