विधान मस्यौदामाथि सुझाव संकलनलाई तीव्रता दिँदै जसपा

हिमाल प्रेस १२ चैत २०७९ १७:०४
4
SHARES
विधान मस्यौदामाथि सुझाव संकलनलाई तीव्रता दिँदै जसपा

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले पार्टीको विधान मस्यौदामाथि सुझाव संकलन कार्यलाई तीव्रता दिएको छ। जसपाले विधानमाथिको सुझाव पठाउन मातहत समितिलाई यही चैत १५ गतेसम्मको समय सीमा तोकेको छ।

जसपाले चैत २६ गतेदेखि विधान अधिवेशन गर्ने निर्णय गरिसकेकाले विधान संशोधनको मस्यौदाबार छलफललाई तीव्रता दिइएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।

उनका अनुसार मधेस प्रदेशको कलैया, बागमती प्रदेशको काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, सुदूरपश्चिम प्रदेशको धनगढीमा मस्यौदामाथि जसपा नेपालले शनिबार छलफल गरेको छ।

लुम्बिनी प्रदेशले सोमबार र कोशी प्रदेशले चैत १७ गते विधानमाथि सुझाव संकलनका लागि प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रम गर्ने भएका छन्। प्रदेशस्तरीय कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, संघीय परिषद् सदस्य, प्रदेश समितिका पदाधिकारी, सदस्य र प्रदेशस्तरीय भ्रातृ संगठनका पदाधिकारी सहभागी हुने गरेका छन्।

यसैगरी ट्रेड युनियन महासंघले आइतबार, चैत १३ गते भ्रातृसंगठन, बौद्धिक पेसाकर्मी महासंघले १४ गते काठमाडौँमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्ने पार्टीले जनाएको छ।

प्रकाशित: १२ चैत २०७९ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =