नयाँ वर्षमा ‘पोकर रन नेपाल’ हुने

हिमाल प्रेस १० चैत २०७९ १६:५८
18
SHARES
नयाँ वर्षमा ‘पोकर रन नेपाल’ हुने

काठमाडौँ- नयाँ वर्ष २०८० को अवसरमा ‘पोकर रन नेपाल’ हुने भएको छ। १३औँ संस्करणको पोकर रन अप्रिल १३ देखि १५ सम्म हुनेछ।

नेपाल पर्यटन बोर्डको प्रांगणबाट रन सुरु हुनेछ। विभिन्न किसिमका रङ, बनावट र सजावटले सुसज्जित आआफ्नो मोटरसाइकल चढेर करिब दुई सय किलोमिटरको दूरी पार गर्दै  सहभागीहरु त्याे दिन बेलुका पोखरा पुगेर बस्ने कार्यक्रम रहेको छ।

पोकर रन नेपाल कार्यक्रमकाे ‘टाइटल स्पाेन्सर’ नेपालका लागि रोयल इन्फिल्ड माेटरसाइकलकाे आधिकारिक वितरक अल्फा अटोमोटिभ रहेको छ। यसमा  रोयल इन्फिल्ड मोटरसाइकल धनीले भाग लिन पाउँछन्।

कार्यक्रमको सबैभन्दा रमाइलो पक्ष पोकर खेल हो। पोकर भन्नाले ताससँग सम्बन्धित एक किसिमको खेललाई बुझाउँछ। जसमा पाँच पत्ती तास हातमा लिएर अनेकौँ दाउ बनाउन सकिन्छ। पोकर रनमा सहभागी प्रत्येकले विभिन्न पाँच ठाउँमा एक-एक पत्ती तास तान्ने मौका प्रदान गरिन्छ। अन्तिममा पोखरा पुगेर उक्त पाँच पत्ती तास मिलाउँदा जसको दाउ सबैभन्दा ठूलो बन्छ, त्यो नै यस कार्यक्रमको विजेता मानिन्छ।

विजेतालाई विशेष उपहार प्रदान गरिने छ। कार्यक्रमकै अंश अनुरूप वैशाख १ का दिन पोखरा ग्रान्ड होटलको प्रांगणमा लाइभ कन्सर्ट, डिजे सेसन हुनेछ। यस पटकको पोकर रन नेपालमा नेपाल, भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत, क्यानडा, संयुक्त राज्य अमेरिका, फ्रान्सलगायत देशबाट आएका २५० मोटरसाइकल यात्री सहभागी हुनेछन्।

स्याक्रेड सम्मिट्स प्रालिका सीईओ रवि थापाले यो एउटा कार्यक्रममात्रै नभई सम्पूर्ण हिमालय क्षेत्र (नेपाल, भारत, चीनको तिब्बत, भुटान) मा क्लासिक तथा भिन्टेज मोटरसाइकल टुरिजमलाई बढाउन सहयोग गरेको बताए। ‘पर्यटन विकासमा जोड दिन मोटरसाइकल यात्रा गरिनेछ,’ उनले भने।

समूहगत वा व्यक्तिगत मनोरञ्जनका निम्तिमात्रै नभई पोकर रनमा सामाजिक उत्तरदायित्व वहनका कार्य पनि गरिने थापाले बताए। ‘यो कार्यक्रमको माध्यमबाट देशमा एउटा नौलो किसिमको पर्यटन विकास र त्यसको प्रवर्द्धन हुनेछ,’ थापाले भने।

कार्यक्रममा सहभागीहरू पोखराका केही सरकारी विद्यालयमा गई विभिन्न शैक्षिक सामग्री हस्तान्तरण पनि गर्नेछन्।

प्रकाशित: १० चैत २०७९ १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nineteen =