बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाए दोस्रोपटक विश्वासको मत

हिमाल प्रेस १० चैत २०७९ १५:३७
58
SHARES
बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाए दोस्रोपटक विश्वासको मत

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन्। आज शुक्रबार बसेको प्रदेशसभा बैठक उनले विश्वासको मत पाएका हुन्। उनले माओवादी, कांग्रेससहितका दलको विश्वासको मत पाए।

११० जना जम्मा सांसद रहेकोमा ९१ सांसद उपस्थित थिए। जम्मकट्टेलको पक्षमा ६७ मत खस्यो भने विपक्षमा १७ मत र मत नदिने सांसदको संख्या ७ छ। राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले दोस्रोपटक विश्वासको मत लिनुपरेको हो।

केन्द्रमा नेकपा एमाले-माओवादीको गठबन्धन टुटेपछि यसको प्रभाव प्रदेशमा पनि परेको छ। सोहीअनुसार आज एमालेले माओवादी नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गर्‍यो। एमालेका सांसदीय दलका नेतासमेत रहेका अर्थमन्त्री जगन्नाथ थपलियाले प्रदेशसभाबाटै सरकारबाट बाहिरिएको र पदबाट राजीनामा दिएको घोषणा गरे।

यसअघि राप्रपाबाट मन्त्री बनेका तीन जनाले भने फागुन १३ गते नै राजीनामा बुझाएका थिए। बागमतीमा नेकपा माओवादी केन्द्र, एमाले र राप्रपा मिलेर पुस २६ गते सरकार गठन भएको थियो।
एमालेबाट थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री थिए।

बागमतीमा कुन दलका कति सांसद? 

नेपाली कांग्रेस
१) कुन्दनराज काफ्ले
२) रामकुमार पहाडी
३) छेत्रबहादुर बम्जन
४) इन्द्रबहादुर बानियाँ
५) प्रभात तामाङ
६) मधुकुमार श्रेष्ठ
७) गोविन्द लम्साल
८) रमेशकुमार महत
९) बहादुरसिंह लामा
१०) दीपेन्द्र श्रेष्ठ
११) सुरजचन्द्र लामिछाने
१२) छिरिङ दोर्जे लामा
१३) विमल ठकुरी
१४) श्रीराम लामिछाने
१५) श्यामबहादुर खड्का
१६) हरिप्रभा खड्की
१७) पुकार महर्जन
१८) सुरेश श्रेष्ठ
१९) मीनकृष्ण महर्जन
२०) रामकृष्ण चित्रकार
२१) तीर्थबहादुर लामा
२२) कञ्चन चन्द्र वादे
२३) मसिना खड्का
२४ं कृष्णकुमार तामाङ
२५) उत्तम जोशी
२६) समिता खड्की श्रेष्ठ
२७) लक्ष्मीदेवी श्रेष्ठ
२८) गीता गुरुङ
२९) यमुनादवी श्रेष्ठ
३०) याङ्गकिला शेर्पा रुइत
३१) माया श्रेष्ठ
३२) शिवराज अधिकारी
३३) उर्मिला नेपाल
३४) मीना पोखरेल
३५) शान्ता ढकाल
३६) विनु रायमाझी पौडेल
३७) सुना परियार

नेकपा (एमाले)
१) भरतबहादुर केसी
२) एकालाल श्रेष्ठ
३) जयराम थापा
४) अमनकुमार मास्के
५) प्रकाश श्रेष्ठ
६) केशवप्रसाद पोखरेल
७) किरण थापामगर
८) मधुसुदन पौडेल
९) रामेश्वर श्रेष्ठ
१०) रघुनाथ महर्जन
११) प्रेमभक्त महर्जन
१२) जगन्नाथ थपिलया
१३) कृष्णप्रसाद सिलवाल
१४) बिन्दु श्रेष्ठ
१५) माइली तामाङ
१६) सुकुमाया तामाङ
१७) शकुन्तला श्रेष्ठ राजभण्डारी
१८) उर्मिला सुनुवार
१९) आनन्दकुमार श्रेष्ठ
२०) ज्ञानबहादुर तामाङ
२१) ठूला थामी
२२) भारती कुमारी
२३) अप्सरा चापागाईं
२४) मायाकुमारी कार्की
२५) दिनेशचन्द्र देवकोटा
२६) हरिप्रसाद सापकोटा
२७) बालकुमारी विश्वकर्मा

नेकपा (माओवादी केन्द्र)
१) युवराज चौलागाईं
२) तारानारायण श्रेष्ठ
३) मातृकाप्रसाद भट्टराई
४) गंगानारायण श्रेष्ठ
५) प्रेमबहादुर पुलामी
६) कुमारी मोक्तान
७) इन्द्रप्रसाद गोतामे
८) शालिकराम जम्कट्टेल
९) राधिका तामाङ
१०) रामप्रसाद ढुंगाना
११) रत्नप्रसाद ढकाल
१२) युवराज दुलाल
१३) सरल सहयात्री पौडेल
१४) ठाकुरप्रसाद ढकाल
१५) देवेन्द्र श्रेष्ठ
१६) उर्मिलाकुमारी लामा
१७) सुष्मा भुजेल
१८) डोल्मा थामी
१९) ईश्वर सापकोटा
२०) अमृता नेपाल
२१) रुकु चौलागाईं

राष्ट्रिय प्रजातन्त्र पार्टी
१) डम्बर तामाङ
२) सुनील केसी
३) राजु विष्ट
४) राजेन्द्र प्रजापति
५) उद्धव थापा
६) नुरज बज्राचार्य
७) गिरबहादुर तामाङ
८) कुमारी तामाङ
९) आशा लामा
१०) धनेश्वरी प्रजापति
११) मोनिका श्रेष्ठ
१२) भुवनकुमार पाठक
१३) लक्ष्मी घिमिरे

नेकपा (एकीकृत समाजवादी)
१) वसन्तप्रसाद मानन्धर
२) रमा आलेमगर
३) राजेन्द्रमान श्रेष्ठ
४) लक्ष्मण लम्साल
५) कृष्णप्रसाद खनाल
६) ओमकुमारी श्रेष्ठ
७) मायादेवी शर्मा

नेपाल मजदूर किसान पार्टी
१) सिर्जना सायजू
२) गीता काफ्ले
३) सुरेन्द्रराज गोसाईं

हाम्रो नेपाल पार्टी
१) शैलेन्द्रमान बज्राचार्य
२) सरिता खड्गी

प्रकाशित: १० चैत २०७९ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + five =