गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीले लियो फिर्ता, मन्त्रीले राजीनामा बुझाउँदै

हिमाल प्रेस १० चैत २०७९ १४:४७ | Friday, March 24, 2023
गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीले लियो फिर्ता, मन्त्रीले राजीनामा बुझाउँदै खगराज अधिकारी

काठमाडौँ- गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ। आज शुक्रबार बसेको माओवादीको संसदीय दलको बैठकले नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

माओवादीसहितका दलको सांसदको समर्थनमा नेकपा एमालेका खगराज अधिकारीको नेतृत्वमा गण्डकी प्रदेश सरकार बनेको थियो।

केन्द्रको राजनीतिक समीकरणअनुसार प्रदेशमा पनि माओवादीले एमालेलाई दिएको समर्थन फिर्ता लिएको हो। गण्डकीमा मा‌ओवादीबाट भौतिक पूर्वाधारमन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली मन्त्री थिए।

मन्त्रीहरूले पनि आजै राजीनामा बुझाउँदैछन्। माओवादीले समर्थन फिर्ता लिएर सरबारबाट बाहिरएसँगै मुख्यमन्त्री अधिकारीले अबको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेहुन्छ। विश्वासको मत नपाए उनी स्वत: पदमुक्त हुनेछन्।

यस्तो अवस्थामा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने सम्भावना बढी छ। गोरखाबाट निर्वाचित पाण्डेलाई प्रधानमन्त्री पुष्पकमल दाहालले नै चुनावी अभियानको क्रममा भावी मुख्यमन्त्रीको रुपमा अगाडि सारेका थिए।

प्रकाशित: १० चैत २०७९ १४:४७ | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast