काठमाडौँ- पाठ्यक्रम विकास केन्द्रले नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तकको मूल्य निर्धारण गरेको छ। केन्द्रले कक्षा १ देखि १२ सम्मको मूल्य निर्धारण गरेको हो।
केन्द्रले २०८० सालका लागि १ देखि १० कक्षासम्म चार रङका पाठ्यपुस्तक, कक्षा ११ र १२ को पृष्ठसंख्याको आधारमा मूल्य निर्धारण गरेको छ।
कक्षा १ मा ४ वटा पुस्तकको ५२० रुपैयाँ मूल्य निर्धारण गरिएको छ। कक्षा १२ मा अनिवार्य ३ विषयको ३१६ रुपैयाँ कायम गरिएको छ।
प्रकाशित: १० चैत २०७९ १३:२४
प्रतिक्रिया