प्रधानमन्त्रीलाई गगनको आग्रह : जनता तर्साउने काम गर्दै नगर्नुस्

हिमाल प्रेस ९ चैत २०७९ १२:२०
100
SHARES
प्रधानमन्त्रीलाई गगनको आग्रह : जनता तर्साउने काम गर्दै नगर्नुस् फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले जनतालाई तर्साउने काम गर्न नहुने बताएका छन्। आज बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री आफैँ डरबाट मुक्त भएर जनतालाई पनि डरमुक्त बनाउनुपर्ने बताएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै अगाडि थापाले प्रधानमन्त्रीले आफूसँग यति मत छ भनेर ढुक्क भएर बस्ने छुट नपाउने पनि बताए।

‘प्रधानमन्त्रीले दायाँ हरेपनि भोट, बायाँ हरेपनि भोट मसँग १७२ छ, १७३ छ ढुक्क छ भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ’, थापाले भने, ‘मैले यत्ति धेरै तन्नेरीहरु आत्तिएको कहिल्यै देखेको थिइनँ। यतिधेरै मानिस निरास भएको देखेको थिएन।’

थापाले आफू अहिले पनि डरको अवस्थामा रहेको बताए। उनले प्रधानमन्त्रीलाई भेटघाट बन्द गरेर दिनको आधा घण्टा सोच्ने समय छुट्याउन पनि आग्रह गरे।

‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस्। तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ। एक्लै बिहान बेलुका बस्दै गर्दा डराउनुपर्ने बेला भएको छ,’ उनले भने, ‘दिनमा कम्तिमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस्।’

प्रकाशित: ९ चैत २०७९ १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =