सञ्चारमन्त्री शर्माको भारत सरकारसँग आग्रह : नेपालमा कल गर्दा लाग्ने महसुल घटाइदिनुहोस्

हिमाल प्रेस ९ चैत २०७९ ९:१२
2
SHARE
सञ्चारमन्त्री शर्माको भारत सरकारसँग आग्रह : नेपालमा कल गर्दा लाग्ने महसुल घटाइदिनुहोस्

काठमाडौँ- भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीयपक्षलाई आग्रह गरेको छ। नयाँ दिल्लीमा बुधबार भएको भारतीय पक्षसँगको द्विपक्षीय बैठकमा उनले भारतबाट नेपालमा कल गर्दा लाग्ने शुल्क महंगो भएकाले घटाउन आग्रह गरेका हुन्।

भारत भ्रमणमा रहेकी सञ्चारमन्त्री रेखा शर्माले भारतीय पक्षसँग आग्रह गरेकी हुन्। नेपाल र भारत दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्रीभागसम्म पनि भारतीय मोबाइल सेवा उपलब्ध हुने गरेकोप्रति ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले दुवै देशका सेवाप्रदायक र नियामकले ध्यान दिनुपर्ने बताइन्।

त्यस्तै सञ्चार मन्त्री शर्माले भारतीय टेलिभिजन च्यानलहरू नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानलहरू भने भारतमा प्रसारण हुन कठिन रहेकातर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले ‘भारतमा नेपाली भाषीको ठूलो सङ्ख्या रहेकोले नेपाली च्यानलहरूको सहज प्रसारण हुने वातावरण मिलाइ दिन पनि आग्रह गरिन्।

नेपाली च्यानल भारतमा डाउन लिङ्क गर्दा अत्यधिक शुल्क लाग्ने गरेकाले यो सम्भव नभएको हुँदा यसमा भारत सरकारबाटै विशेष निर्देशन हुनुपर्ने शर्माको भनाइ थियो।

‘सूचनाप्रविधिको विकाससँगै यस क्षेत्रको जोखिमपनिबढ्दै गएको छ। साइबर सुरक्षाप्रमुखचुनौतिको रूपमा देखापर्न थालेको छ’– बैठकमा मन्त्री शर्माले भनिन्– ‘यसका लागि हामी दुई मुलुक मिलेर अघि बढ्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु। आपसी सूचना, अनुभव र अभ्यास आदानप्रदान गर्ने दिगो संयन्त्र तयार गरी क्षमता विकास गर्दै साइबर सुरक्षालाई मजबुत बनाउन आवश्यक छ।’

रेडियो नेपाल र अलइण्डिया रेडियोबीच एक अर्काका विषयवस्तु प्रसारण गर्ने लगायतका विषयमा समझदारी गर्ने गरी तयारी भएको आफूूले बुुझेको उल्लेख गर्दै मन्त्री शर्माले समझदारीपत्रको मस्यौदामा नेपालको प्राविधिकटीमले अध्ययन गरिरहेको र छिट्टै यो विषय निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे।

यसैगरी नेपाल टेलिभिजन र प्रसार भारतीबीच एक अर्काकाविषयवस्तु प्रसारणगर्ने सम्बन्धमापनि सकारात्मक छलफल अगाडि बढेको आफूूले पाएको स्पष्ट गर्दै उनले यो विषय समेत छिट्टै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =