काठमाडौँ- नेकपा एमाले निकट अनेरास्ववियुले तीनवटा क्याम्पसमा जित हासिल गरेको छ ।
बुधवार सम्पन्न सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका तीनवटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिलले जित हासिल गरेको हो ।
अखिलका अध्यक्ष समिक बडालका अनुसार जयपृथ्वी बहुमुखी क्याम्पसमा रुपक धामी, दार्चुला बहुमुखी क्याम्पसमा कृष्ण धामी र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा माधव खत्री सभापतिमा निर्वाचित भएका हुन्।
प्रकाशित: ९ चैत २०७९ ७:५७
प्रतिक्रिया