लाओसविरुद्ध नेपाल २-० गोलले अग्रता

हिमाल प्रेस ८ चैत २०७९ १९:२०
20
SHARES
लाओसविरुद्ध नेपाल २-० गोलले अग्रता

काठमाडौँ- ‘थ्री नेसन्स कप’अन्तर्गत नेपालले लाओसविरुद्ध २-० को अग्रता बनाएको छ। पहिलो हाफको २९ मिनेटमा अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालले दोस्रो हाफमा ५१ मिनेटमा नवयुग श्रेष्ठको गोलबाट गोलअन्तर बढाएको हो।

दशरथ रंगशालामा जारी खेलमा २९ औं मिनेटमा नविन लामाले कर्नरबाट प्रहार गरेको बललाई अनन्तले हेडमार्फत सुन्दर गोल गरेका थिए। खेलको ५१ मिनेटमा नवगुगले लामो प्रहार गोलकिपरलाई झुक्याउँदै बलले जारी चुम्यो। यो गोलसँगै नवयुगले राष्ट्रिय टिमबाट ८ गोल गरेका छन्। पछिल्लोपटक नवयुगले एसियन कप/वर्ल्डकप छनोट चरणमा चाइनीज ताइपेईविरुद्ध २०२१ मा गोल गरेका थिए।

आजको खेलमा नेपालका रक्षक सनिस श्रेष्ठले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्। नेपाली टिमको कप्तानी गोलरक्षक किरणकुमार चेम्जोङले गरेका छन्। त्यस्तै विकास खवास, अनन्त तामाङ, रोहित चन्द डिफेन्डर छन्। एरिक विष्ट, पुजन उपरकोटी, नविक लामा मिडफिल्डर छन्। त्यस्तै भरत खवास, नवयुग श्रेष्ठ, आयुस घलान फरवार्डको रुपमा मैदान उत्रिएका छन्।

प्रकाशित: ८ चैत २०७९ १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + ten =